गठबन्धनमा कसैले शंका नगरे हुन्छ : प्रधानमन्त्री देउवा

वेलकम खबर
पुस ११, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शंका नगर्न सबैलाई अनुरोध गर्नुभएको छ । आइतबार नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले गठबन्धन कसैको बर्खिलापमा नबनेको भन्दै शंका नगर्न अनुरोध गर्नुभएको हो । ‘अहिलेको गठबन्धन कसैको विरुद्धमा बनेको होइन । अहिलेको संविधानबाट संसद्‍ बीचमा भंग नहोस् । संविधान अनुसार संसद चलोस् भन्ने पुनित लक्ष्यका साथ बनेको हो’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यो संविधानका साथसाथै संसद्‍ बचाउने गठबन्धन हो । गठबन्धनमा कसैले शंका नगरे हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*