ताप्लेजुङका राजु बने मंसिर महिनाको नेपाल लाईफ हिरो
काठमाडौ । जनस्वास्थ्य कार्यालयका जागिर छाडेर विमा कम्पनीको अभिकर्ता बनेका ताप्लजुङ फुङलिङ ९ का राजु भण्डारी मंसिर महिनामा नेपाल लाइफ इन्स्योरेन्सबाट सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ता बनेका छन् । एकै महिनामा उनले ४४ लाख ३६ हजार ४२ रुपैयाँ प्रीमियम संकलन गर्दै नेपालभरका नेपाल लाइफका अभिकर्तालाई उछिनेका हुन् ।
ताप्लेजुङ जिल्लाको हाङ्देवा गाविस वडा नं ९ बुङ्कुलुङमा मा बुबा रोमनाथ भण्डारी र आँमा कमला भण्डारी को कोखबाट जन्मिएका राजु भण्डारी मंसिर महिनामा नेपाल प्रथम बनेका हुन । हिमाली जिल्लामा रहेर मुलुकभरकै पहिलो हुनु निकै ठूलो उपलब्धी रहेको नेपाल लाइफ ताप्लेजुङ शाखाका प्रमुख हिमाल राईले जानकारी दिए । यसअघि भण्डारी पटक–पटक जिल्ला प्रथम हुँदै अघिल्लो आर्थीक वर्षमा नेपालको ३१औं नम्बरमा पर्न सफल भएका थिए । ‘मलाई सहयोग गर्नुहुनुने बीमित, अभिकर्ता साथीहरु, म कार्यरत ताप्लेजुङ शाखा सबैलाई धन्यवाद दिन्छु । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको छु,’ भण्डारीले बताए ।
नेपाल लाइफको रिपोर्ट अनुसार मंसिरमा धनगढी शाखाका दोस्रो र विनायक शाखाका कृष्णबहादुर राई तेस्रो बने । उनीहरुले क्रमशः ३५ लाख ७५ हजार ६ सय ५६ र ३४ लाख ४३ हजार ७ सय ६५ प्रीमियम संकलन गरेका छन् ।



















