एमालेको सदस्य १५ लाख पुर्याउने योगेश भट्टराईको दाबी
ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालमा वामपंथी र लोकतान्त्रिक विचारधार स्पस्ट देखिएकोले आम वामपंथी हरु नेकपा एमालेमा समाहित हुने वताउनु भएको छ । गृह जिल्ला ताप्लेजङमा आइपुग्नु भएका भट्टराईले शुक्रवार सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा २००६ मा पुष्पलाल श्रेष्ठले स्थापना गरेको विचारधाराको अगुवा पार्टी नेकपा एमाले रहेको दावी गदै नेकपा एमाले मुलुकको ठ्र्रूलो वामपन्थी पार्टी रहेको समेत वताउनुभयो । नेकपा एमालेको भर्खरै चितवनमा सम्पन्न महाअधिवेशनमा भएको विशाल जनसहभागिताले एमालेको स्थान स्पष्ट पारेका बताउदै उहाँले भन्नुभयो “ चितवनमा हामी ले करिव पाँच लाख नेता कार्यकर्ताको सहभागिता रहने भनेका थियो तर विभीन्न मिडिया हरुले भनेका छन चितवनमा नेकपा एमाले ले ७ लाख हाराहारीममा जनसहभागिता गराएको रिर्पोट रहेको उल्लेख गर्नुभयो । उहाँले नेकपा एमालेको सन २०२१ को वर्ष सकसपुर्ण रहेको र अव २०२२ नेकपा एमालेकोलागी सुखद वर्षको रुपमा आउने दावी समेत गर्नुभयो । उहाले भन्नुभयो “ एमाले मिसन २०२२ सुरु गर्ने छ । नेकपा एमाले शन २०२२ मा अफ्नोे लयमा फर्किन्छ । स्थानिय तहमा एमालेको मेयर ÷ पलिका प्रमुख रहन्छन जिल्ला समन्वय समितिमा एमालेका प्रमुख हुन्छन , प्रदेशमा एमालेको मुख्यमन्त्री हुनेछन ,केन्दमा एमालेकै प्रधानमन्त्री रहने दाबी गर्नुभयो । एक फरक प्रशंगमा सचिव भट्टराईले नेकपा एमाले पार्टीमा महिलाको सहभागिता ३३ प्रतिशत भन्दा बढि रहेको वताउनुभयो ।
आगामी ३ महिना एमालेमा पार्टी प्रवेशको लहर चलाउने समेत बताउनुभयो । “ पार्टी अध्यक्ष ले त्यो कुरा केन्द«मा उठाउनुभएको छ हामी आगमी ३ महिना नेकपा एमालेमा नेकपा एकिकृत समाजवादी लगायत अन्य दलहरुवाट पार्टी प्रवेश गराउने छौ । ताप्लेजुङमा केहि साथीहरु नेकपा एसमा जानुभएको छ । उहाँहरुलाइ पार्टीमा फर्काउछौ , अन्य दलहरुबाट पनि एमालेमा पार्टी प्रवेश गराउछै । ”
आगामी पौश २४ गते हुन गइरहेको नेकपा एमाले ताप्लेजङको अधिवेशन सौहार्द प्रूर्ण वातावरणमा सम्पन्न हुने भट्टराईले दाबी गर्नुभयो । आगामी संघ ,प्रदेश र स्थानिय चुनावमा पार्टी दस्य संख्या १० लाख पु¥याउने र आउदो चुनाव सम्ममा यसलाइ १५ लाख पुर्याउने उहाँको भनाइ थियो ।
एमालेले संसद कहिले सम्म अवरुद्ध पारि रहन्छ भन्ने पत्रकारको प्रस्नमा भट्टराईले एमालेले संसद अवरुद्ध पारेको नभइ सभामुुख सँग आफ्नो असन्तुष्ठी राखेको वताउनु भयो । सभामुखले आफुहरुको सवाललाइ वेवास्था गर्दे मिडियामा एमाले लाइ धम्कि दिदै हिडेको आरोप लगाउदै आफुहरुको असन्तुष्ठीमा सभामुखवाट स्पष्ट जवाफ नआए सम्म जारी रहने उहाँको भनाई रहेको छ ।



















