कांग्रेस सभापतिमा प्रकाशमानले देउवालाई सहयोग गर्ने
काठमाडौं ।नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सहयोग गर्ने घोषण गरेका छन् । पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका सिंहले वर्तमान सभापति देउवालाई सघाउने भएका हुन् ।
पहिलो चरणको मतपरिणाम आएलगत्तै देउवानिकट बालकृष्ण खाँण र वीरबहादुर बलायर प्रकाशमानलाई मनाउन चाक्सीबारी पुगेका थिए।
उनीहरुलगत्तै शेखर कोइरालाले पनि प्रकाशमानलाई भेटेका थिए। यी नेताहरुसँगको कुराकानीमा प्रकाशमानले साथीहरुसँग सल्लाह गरेर निर्णय दिने बताएका थिए ।दोस्रो चरणमा शेखर कोइराला र देउवाबीच प्रतिस्पर्धा हुनेछ ।



















