प्रदेश १ कांग्रेस सभापति निर्वाचनः गुरू घिमिरेले गरे पुनः मतगणनाको माग
काठमाडौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ समिति सभापतिका लागि भएको मतदानको पुनः मतगणना गर्नुपर्ने माग गरिएको छ ।
सभापतिका उम्मेदवार गुरुराज घिमिरेले मतपरिणाम चित्त नबुझेको भन्दै पुनः मतगणनाको माग गर्दै निवेदन दर्ता गरेका हुन् ।निर्वाचन समितिका निर्वाचन अधिकृत भरत थापाले मत परिणाममा चित्त नबुझाएकोले पुनः मत गणनाको माग गर्दै अपिल गरिएको बताए ।
शनिवार भएको मतदानको मतगणनापछि सार्वजनिक भएको मत परिणामबाट गुरुराज घिमिरेले ८४२ र उद्धव थापाले ८४४ मत पाएका थिए ।
थापा २ मतले विजयी भएको घोषणा निर्वाचन समितिले बिहान साढे ३ बजे गरेको थियो । निर्वाचन समितिले घोषणा गरेको परिणाम चित नबुझेपछि घिमिरेका समर्थकले परिणाम घोषणा हुँदै गर्दा नाराबाजी गरेका थिए ।त्यसलगत्तै घिमिरेले पुनः मतगणनाको माग गर्दै समितिमा निवेदन दिएको निर्वाचन अधिकृत थापाले जानकारी दिए । उनले छलफल गरेर मतगणना गर्नेरनगर्ने भन्ने निष्कर्षमा पुगिने बताए ।



















