राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजित, कुन्तीकुमारी शाही निर्वाचित

वेलकम खबर
मंसिर १९, २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् ।

महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।

आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् ।

facebook sharing button
twitter sharing button
pinterest sharing button

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*