ताप्लेजुङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

वेलकम खबर
मंसिर १८, २०७८

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-३ सिकैचामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यू भएको छ। शुक्रबार भएको दुर्घटनामा २५ वर्षीय बसन्त लिम्बू र १५ वर्षीय समीर लिम्बूको मृत्यु भएको हो। अन्य दुईजना गम्भीर घाइते छन्।

सिकैचाको ओरक्पाबाट बोखिमतर्फ गोलिया बोकेर जानेक्रममा मे १ त ६८९३ नम्बरको ट्रयाक्टर सडकबाट २०० मिटर तल झरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
ट्याक्टरमा सवार चारजना घाइते भएकोमा गम्भीर घाइते दुई जनालाई शुक्रबार नै हेलिकप्टरमार्फत धरान लगिएको थियो। जसमा बसन्तको धरानमा र समिरको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा उपचारका क्रममा मृत्यु भएको हो। गम्भीर घाइते चालक अमिन लिम्बू र सुशन लिम्बूको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*