ताप्लेजुङमा ३ लाख राशि पुरस्कार सहितको भलिबल प्रतियोगिता हुदै

वेलकम खबर
मंसिर १७, २०७८

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ३ लाख राशि पुरस्कार भएको प्रथम अध्यक्ष भलिबल प्रतियोगिता २०७८ सञ्चालन गर्ने भएको छ । आगामी मंसिर २४ गतेदेखि पालिकाको केन्द्र साँघुमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सञ्चालन गर्ने भएको पालिकाका प्रवक्ता थर्क कुमार चोङवाङ ९दिवस०ले जानकारी दिनुभयो ।

खेलकुदको विकासलाई नै पहिलो प्राथमिकतामा राखेर खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । खेलमा सहभागी हुनका लागि मैवाखोला बाहेक जिल्लाका ८ ओटा स्थानिय तहलाई पत्रचार गरि सकिएको समेत उहाँले जानकारी दिनुभयो । सहभागी हुने पालिकाका लागि मंसिर २३ गतेसम्म नाम दर्ता गर्ने समयावधि रहेको छ । सहभागी हुने पालिकालाई यातयात खर्च समेत उपलब्ध गराईको बताइएको छ ।

प्रवक्ता चोङवाङका अनुसार खेलको विजेताले नगद ३ लाख सहित १ सय ६० तोला चाँदी जडित तीन वर्षे अध्यक्ष रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेताका लागि नगद १ लाख ५० हजार सहित कप, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । सेमी फाइनलमा पुग्ने दुई टीमलाई सान्त्वना स्वरुप नगद ३५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कारको पनि व्यवस्था गरिएको छ । त्यस्तै वेष्ट प्लेयर अफ द टुर्नामेण्ट तर्फ नगद दश हजार, वेष्ट सर्भर, वेष्ट डिफेन्डर, वेष्ट सटर, वेष्ट ब्लकर र वेष्ट स्पाईकरका लागि नगद ५ हजार सहित मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ ।/radiotamor

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*