महाधिवेशनले मत मात्र होईन मन पनि मिलायो : योगश भट्टराई (भिडियो सहित)

एमालेमा प्रवेश गर्ने कसैले पनि पछुताउनु पदैन :पासाङ शेर्पा
वेलकम खबर
मंसिर १७, २०७८

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनमा सम्पन्न १०औं महाधिवेशनले पार्टीमा मत मात्रै नभएर मन पनि मिलाएको बताउनु भएको छ । बिहीबार काठमाडौंमा नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको नेकपा एमाले केन्द्रीय कमिटीमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीमा सहमती खोज्दै मन मिलाउन सक्नु नै ठूलो उपलब्धि भएको बताउनु भएको हो ।


महाधिवेशन ऐतिहासिक रहेको बताउदै महाधिवेशनलाई एकता महाधिवेशनभन्दा पनि फरक पर्दैन किनकि यहाँ मतमात्रै नभएर कम्युनिष्ट विचार बोकेकाहरूको मन पनि मिलाइएको छ,उहाँले भन्नुभयो अहिले पनि कम्यूनिष्ट पार्टी र कम्यूनिष्ट आन्दोलनहरू सानातिना समूहमा विभाजित रहेको उल्लेख गर्दै अब जनताले नै संविधान बनाएको र यसमा सबैले सहमति जनाएकाले सबै कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले ‘सबै दलको सहमतिमा संविधान बनेको छ, धेरै कम्युनिष्ट आन्दोलन भए अब आन्दोलन गर्ने समय सकिएकाले समाज रुपान्तरणका लागि कम्युनिष्टहरू एक हुनपर्ने बताउदै कम्यूनिष्टमा सबैभन्दा ठूलो र इतिहास बोकेको पार्टी एमाले भएकाले सबै तितर बितर भएका पार्टी एमालेमा समाहित हुने बताउनुभयो ।


उहाँले एमालेको संस्कृति सहकार्य,सम्मान आदर गदै बैचारिक ढंगले अघि बढने संस्कृति भएकोले सोही ढंगल रुपान्तरित हुदै जानुपर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य पासाङ शेर्पाले नेकपा एमालेमा प्रवेश गर्ने माओवादीको सम्मान भएको बताउदै एमाले आउदा कसैले पनि पछुताउनु नपर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य टंक आङबुहाङ,उर्मिला थेबे, ताप्लेजुङ संयोजक बलबहादुर साम्सोहाङ, सहसंयोजक भुपेन्द्र थेवे,लगायतले बोल्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*