लिला बोखिमद्धारा उम्मेदवारी घोषणा

वेलकम खबर
मंसिर १६, २०७८

काठमाडौं । नेपाली कांग्रेस ताप्लेजुङकी निर्वतमान सभापति लिलादेवी बोखिम लिम्बुले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।कांग्रेस १४औं महाधिवेशनमा उहााले आदिवासी जनजाति (महिला तर्फबाट) केन्द्रीय सदस्यको उम्मेद्वार घोषणा गर्नु भएको हो ।
जिल्ला सभापतिको जिम्मेवारी पूरा भएकाले अब केन्द्रीय सदस्यको उम्मेद्वारको रुपमा आफूलाई अघि सारेको उहाँले जानकारी मिडियालाई बताउनुभयो ।
बोखिमले पार्टी संगठन सुदृढीकरण,पार्टीभित्रको अन्तरद्वन्दको दीर्घकालीन समाधान गर्न उम्मेदवार बनेको बताउनुभयो ।बोखिम विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा लाग्नु भएको हो । २०४६ सालमा महिला संघको जिल्ला सभापति, २०५२ सालमा नेपाली कांग्रेस फुङलिङ नगर सभापति हुँदै २०७२ सालको १३ औं अधिवेशनबाट ताप्लेजुङ जिल्ला सभापतिमा निर्वाचित हुुनु भएको थियो ।
२०५७ को कांग्रेसको दशौं अधिवेशनबाट उहाँ लगातार केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रहदै आउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*