महाधिवेशनका लागि नेताहरु चितवन आउन सुरु

वेलकम खबर
मंसिर ८, २०७८

चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन आउने क्रम सुरु भएको छ । महधिवेशनका लागि पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल आज दिउँसो चितवन आइपुग्नुभएको हो ।
महाधिवेशन तयारीका लागि आज बेलुकासम्म महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा बादल, पार्टी स्थायी कमिटी सदस्य सुरेद्र पाण्डे पनि चितवन आउने प्रचार सहयोग समिति चितवनका सचिव तिलकराम रिमालले जानकारी दिनुभयो । पार्टी नेताहरु चितवन आउने क्रम सुरु भएको भन्दै रिमालले उहाँहरुले जिल्लामा पार्टीको महाधिवेशनको तयारीका सन्दर्भमा भएका गतिविधिबारे अनुगमन तथा निर्देशन गर्ने बताउनुभयो ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र ११ र १२ गते सौराहाको होटल सेभेन स्टारमा हुँदैछ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*