उम्मेदवार बन्ने छुट छ तर गुट बनाएर होइन: ओली

वेलकम खबर
मंसिर ८, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा नेतृत्व चयनका लागि आफूले सहमतिका लागि आग्रह नगर्ने बताउनुभएको छ ।

महाधिवेशनको बारेमा जानकारी दिने उद्देश्यले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष ओलीले महाधिवेशनमा सहमति गरेर गए त्यसले राम्रो सन्देश दिने बताउँदै आफूले सहमति गरौं भन्दा दबाब महसुुस हुने भएकाले सहमतिका लागि आग्रह नगर्ने बताउनुभयो ।
‘यसपटक पार्टीमा गुटको नाममा राजनीति गर्नेहरु कोही पनि नभएकाले सबैलाई चुनावमा उम्मेदवार बन्ने छुट छ यसपटक गुट बनाएर कसैले पनि उम्मेदवारी दिन छुट भने छैन’, अध्यक्ष ओली भन्नुहुन्छ– ‘हिजो पृष्ठभूमि के थियो भन्ने होइन अहिले एउटा मात्र एमाले छ चुनाव लडेर भोट ल्याउनुपर्दछ व्यवस्थापन भनेको त्यही हो ।’

अध्यक्ष ओलीले यसपटकको महाधिवेशनमा सवारीसाधनले बोक्न सक्ने जति मानिस चितवन महाधिवेशनमा सहभागी हुने बताउनुभयो । हाम्रो लक्ष्य भनेको १० लाख मानिसलाई चितवन उतार्ने हो भन्दै उहाँले तर अहिलेको परिस्थिति सहज नभएकाले कम्तीमा पनि ५ लाख मानिसलाई चितवन उतार्ने तयारीमा नेता कार्यकर्ता जुटेको जानकारी दिनुभयो ।

महाधिवेशन नजिकिँदै गएपछि नेताहरुले विभिन्न पदमा उम्मेदवारी दिन थालेकोप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘चुनावमा सहभागी भएपछि जित्नुपर्छ उठेर मात्र हँुदैन, चुनावमा उठ्नुस् जित्ने गरी, हार कसैका लागि पनि स्वाभाविक हुँदैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*