एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन आज

वेलकम खबर
मंसिर ७, २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् ।

महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । यही मंसिर १०-१२ गतेसम्म चितवन हुन लागेको १०औँ महाधिवेशनको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन त्यसैबारे केन्द्रित हुने जनाइएको छ । त्यसअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*