गोमालाई बचाउन सहयोगको याचना
ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ ५ नव ज्योति बोर्डिङ स्कुल छेउ निवासी दिल कुमार खवासको श्रीमतीको उपचारका लागि सहयोगको याचना गरेका छन ।
भुजेल समाज ताप्लेजुङका सदस्य गोमा खवास गत कार्तिक २० गते देखि विरामी भएको परिवार जनले जनाएको छ ।
उनको घर एक बर्ष अघि आगलागी भएको परिवार परिवारको आर्थिक अवस्था पनि कममजोर भएको हुँदा उपचार गर्न धेरै कठिनाइ भएको जनाउदै उनलाई बचाउनका लागि गोमा खबास बचाउन अभियान शुरु गरेको छ । गोमाको हाल ब्लड क्यान्सर असपताल काठमाडौमा उपचार भई रहेको परिवार जनले जनाएको छ । गोमालाई बचाउन भुजेल समाज सेवा, ताप्लेजुङ सवैसँग अपिल गरेको छ संस्थाको तर्फबाट भुजेल समाजका सचिव दिनेश खवास सहयोगका अपिल गरेको हो ।




















