रामदेवलाई पर्यटन सद्भावना दूत बन्न प्रस्ताव, रामदेवले भने- ‘आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्छु’

वेलकम खबर
मंसिर ५, २०७८

काठमाडौं। नेपालको पर्यटन प्रवर्द्धका लागि नेपाल पर्यटन बोर्डले भारतीय योगगुरु रामदेवलाई नेपाली पर्यटनको सद्भावना दूत बन्न प्रस्ताव गरेको छ। बोर्डले मुलुकको आध्यात्मिक र योग पर्यटन प्रर्वद्धनमा जोड दिने उद्धेश्यले योगगुरु रामदेवलाई सद्भावना दुत बन्न प्रस्ताव गरेको हो। नेपालमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आएका रामदेवलाई बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले जानकारी दिए ।
ुहामीले विभिन्न ढंगले नेपालको पर्यटनलाई प्रर्वद्धन गरिरहकै छौं। नेपाललाई मुलतः साहसिक पर्यटकीय गन्तव्यका रुपमा हेर्ने गरिएको छ। तर नेपाल साहसिक गन्त्वयका साथै संस्कृति, प्रकृति र आध्यात्मिक पर्यटनको संगम हो। यसलाई प्रवर्द्धन गर्न यो प्रयासले सहयोग पुग्ने हाम्रो विश्वास छ रेग्मीले भने। बोर्डका कार्यकारी प्रमुख रेग्मीले योगगुरु रामदेव र आर्चाय बालकृष्णसँग धार्मिक पर्यटन प्रवर्द्धन गर्ने छलफल गरेको बोर्डले जनाएको छ।

छलफल कार्यक्रममा रामदेवले नेपाल वैदिक सनातन एवं धार्मिक संस्कृतिले धनी अद्वितीय देश भएको बताउँदै भने,ु यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रर्वद्धनमा सधैँ सकारात्मक दृष्टिकोण राखको छु। नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो। यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्नेछु।
बिहीबार नेपाल आएका योगगुरु रामदेवले शनिबार बिहान चन्द्रागिरिमा ध्यान तथा योग प्रशिक्षण गराएका थिए। यस्तै, आइतबार उनी पशुपति क्षेत्रस्थित हंशमण्डपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको एकदिने योग शिविरमा सहभागी भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*