रिडद्धारा ताप्लेजुङको ग्रामीण क्षेत्रका ५ जना बिद्यार्थीलाइ छात्रबृत्ति प्रदान

वेलकम खबर
मंसिर ५, २०७८

ताप्लेजुङ । ताप्लेजुङको ग्रामीण क्षेत्रका ५ जना बिद्यार्थीलाइ ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र९रिड० नेपालले उच्च शिक्षा छात्रबृत्ति प्रदान गरेको छ ।

बिपन्न र जेहेन्दार बिद्यार्थीको पढाइलाइ निरन्तरता दिइ स्थानीय स्तरमै प्राविधिक जनशक्ति उत्पादन र रोजगारीको अवसर बृद्धि गर्ने उद्देश्यका साथ रिडको कार्य क्षेत्रभित्रका ५ जना बिद्यार्थीलाइ यो छात्रबृति प्रदान गरिएको हो ।

रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तका अनुसार यो बर्षको छात्रबृत्तिको कूल रकम ४ लाख ८ हजार रुपैंया हुने छ । पढाइ बर्षका आधारमा बिद्यार्थीले यो रकम पाउने भएका छन् । पन्तका अनुसार फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपका पेमाडोमा शेर्पाले १ लाख ४४ हजार रुपैंया छात्रबृत्ति पाएका छन् । उनी दमकस्थित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्थ असिष्टेन्ट अध्ययनरत छिन् ।

यस्तै दमक बहुमुखी क्याम्पसमा अध्ययनरत लेलेपकै जीवन लिम्बू र जेभियर इन्टरनेस्नल कलेज काठमाण्डौमा अध्ययनरत निमा साम्दे शेर्पाले जनही ७२–७२ हजार रुपैंया छात्रबृत्ति पाएका छन् । उनीहरु दुबैजना विज्ञान संकायमा अध्ययनरत छन् ।

ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं १ सिनामस्थित सिनाम बहुमुखी क्याम्पसमा कृषि विज्ञान९जेटिए०अध्ययनरत लेलेपकै सुरेश लिम्बूले ७२ हजार र फुङ्लिङ नगरपालिकास्थित भानु माविमा अध्ययनरत फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबुकी अनिता लिम्बूले ४८ हजार रुपैंयाको छात्रबृत्ति पाएका हुन् ।

रिडका जिल्ला कार्यक्रम प्रवन्धक पन्तका अनुसार अहिले सम्म रिडको कार्यक्षेत्र भित्रका ७३ जनाले यस्तो छात्रबृत्ति पाइसकेका छन् । रिडले छात्रबृत्ति स्वरुप ५० लाख रुपैंया खर्च गरिसकेको समेत जनाएको छ ।

फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबु,५ तापेथोक,६ लेलेप,७ ओलाङ्चुङगोला तथा सिरिजंगा गाउँपालिकाको वडा नं ६ मामाङ्खे,७ खेवाङ र ८ याम्फुदिन रिडको कार्यक्षेत्रमा पर्छ । प्रथम कञ्चनजंघा आरोही बेलायती नागरिक जर्ज ब्यण्डको नाममा यो छात्रबृत्ति प्रदान गरिदैं आएका रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बूले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*