एमाले ताप्लेजुङबाट महाधिवेशनका लागि निर्वाचित भए १३ प्रतिनिधि

वेलकम खबर
मंसिर ४, २०७८

ताप्लेजुङ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि ताप्लेजुङबाट प्रतिनिधिको टुंगो लागेको छ । खुला आठ, महिला चार र दलित एक गरि १३ जना प्रतिनिधि निर्वाचित भएकाछन् । प्रतिनिधि छनौटका लागि गत कार्तिक ३० गते निर्वाचन भएको थियो ।
खुला तर्फ भुपेन्द्र थेबे, दिपेन्द्र पोमु , छत्रपति प्याकुरेल, आसलाल केदेम , ओङ्दी शेर्पा, बलबहादुर साम्सोहाङ्, डम्बरध्वोज तुम्बाहाम्फे र गोपाल थोप्रा निर्वाचित भएको निर्वाचन समितिका संयोजक बलराम भट्टराईले जानकारी दिनुभयो । यस्तै महिला त भिमादेवी ओझा, मिनाकुमारी केदेम, टिकादेवी दाहाल र उर्मिला थेबे निर्वाचित भएकाछन् । यता दलित तर्फ भने मनकुमार नेपाली निर्वाचित भएका छन् ।
खुला आठ जनाका लागि १६ जनाले उम्मेदवारी दिएका थिए भने महिला तर्फ चार जनाका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए । दलित तर्फको एक जनाका लागि दुई जनाको उम्मेदवारी परेको थियो । एक नगरपालिका सहित ९ वटा स्थानीय तह रहेको ताप्लेजुङमा ८ हजार बढि मतदाता थिए । गत १ गतेदेखि भएको मत गणना शनिवार दिउँसो सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*