एमालेले दियो यी दलहरुलाई महाधिवेशनको निम्तो–पत्र

वेलकम खबर
मंसिर ३, २०७८

काठमाडौँ । नेकपा (एमाले)ले चितवनमा हुने १० औं महाधिवेशनको उद्घाटन सत्रमा आतिथ्यताका लागि नेपालका विभिन्न राजनीतिक दलहरुलाई निम्तो दिएको छ ।
नेकपा (एमाले)ले शुक्रबार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र नेपाल मजदुर किसान पार्टीलाई महाधिवेशनमा आतिथ्यताका लागि निम्तो–पत्र दिएको हो ।
नेकपा (एमाले) संसदीयदलका उपनेता सुवास नेम्वाङ र १० औं महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा। राजन भट्टराईले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगी प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो–पत्र हस्तान्तरण गरेका थिए ।

अतिथि सत्कार समितिका संयोजक डा।भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पनि आजै निम्तो पत्र हस्तान्तरण गरेका थिए भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई अतिथि सत्कार समितिका संयोजक डा।भट्टराई, पार्टी केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठ र भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले भक्तपुुर पुगेर निम्तो–पत्र प्रदान गरे ।
जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चालाई पनि छिट्टै निम्तो पत्र हस्तान्तरण गर्ने कार्यक्रम छ । एमालेले महाधिवेशन उद्घाटन सत्रमा स्वदेश तथा मित्रराष्ट्रका प्रमुख राजनीतिक दल र नेताहरुलाई आमन्त्रण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*