१२ वर्षभन्दा माथिकालाई आजदेखि मंसीर ४ गतेसम्म फाइजर खोप

वेलकम खबर
कार्तिक २८, २०७८

काठमाडौं । आजबाट देशभर १२ वर्षमाथिका दीर्घरोगीलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन थालिएको छ ।

देशभरका खोप केन्द्रबाट बिहान १० बजेदेखि फाइजर खोप लगाउन शुरू गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई दुई चरणमा खोप लगाइनेछ ।

पहिलो चरणमा आजदेखि ४ मंसीरसम्म र दोस्रो चरणमा २७ मंसीरदेखि २ पुससम्म खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयका मुटुको शल्यक्रिया गरेका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलासिस गरिरहेका वा औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप लगाइनेछ ।

त्यस्तै, क्यान्सरका उपचार गराइरहेका, फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका व्यक्तिलाई फाइजर खोप लगाउन पाउनेछन् ।

यसका लागि स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा खोप केन्द्र तोकेको छ । सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*