दुई दिन देखि वेपत्ता भएका नेकपा एसका केन्द्रीय सदस्य अम्बिका श्रेष्ठका श्रीमान भेटिए
वेलकम खबर
कार्तिक १४, २०७८
काठमाडौं । दुई दिन देखि वेपत्ता भएका नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अम्बिका श्रेष्ठका श्रीमान सन्तोष राजभण्डारी फेला परेका छन् ।
विराटनगर नोवेल अस्पतालवाट सम्पर्क विहिन भएका ताप्लेजुङ फुङलिङ ५ निवासी ७० वर्षिय सन्तोष राजभण्डारी आज विहान मोरङ बेलवारीको लालभित्त्ती भन्ने ठाउमा फेला परेका हुन् ।
ताप्लेजुङ जाने भन्दै बसि रहेको अवस्थामा भेटिएको पारिवारीक स्रोतले जनाएको छ ।



















