अमेरिकामा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति

वेलकम खबर
कार्तिक १३, २०७८

एजेन्सी । अमेरिकाको स्वास्थ्य सम्बन्धी निकाय ‘एफडीए’ले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको खोप बालबालिकालाई लगाउन अनुमति दिएको छ ।

‘एफडीए’ले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन खोप लगाउन अनुमति दिएको हो । यसअघि एफडीएका विशेषज्ञले खोपलाई अनुमति दिन सिफारिस गरेका थिए ।

अमेरिकामा १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि पहिलोपटक कोरोना खोपलाई अनुमति दिइएको हो । अनुमतिसँगै अमेरिकाका दुई करोड ८० लाख बालबालिका लाभान्वित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु