प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गर्दै

वेलकम खबर
कार्तिक १२, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गर्दैछन् । स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी वल्र्ड लिडर समिटमा सहभागी हुन देउवा त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री भइसकेपछि देउवाको पहिलो विदेश भ्रमण हो । अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने जलवायु परिवर्तन सम्बन्धीसमिटमा प्रधानमन्त्री देउवासहित १८ जनाको प्रतिनिधिमण्डल रहनेछ ।

टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा पेम नारायण कँडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधव कार्की लगायत छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायतसँग भेट गर्ने कार्यक्रम छ ।शुक्रबार साँझ लन्डनमा उत्रने प्रधानमन्त्रीले अर्को दिन बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।

जलवायु परिवर्तन सम्बन्धी समिटका लागि उनी अक्टोबर ३१ तारिखमा लण्डनबाट ग्लास्गोतर्फ प्रस्थान गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*