काठमाडौं–ताप्लेजुङको उडान आब साताको एकदिन मात्र, ७० यात्रु अलपत्र

वेलकम खबर
कार्तिक १०, २०७८

ताप्लेजुङ । नेपाल वायुसेवा निगमले काठमाडौं–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेकोमा निगमले तीन उडान कटौती गरेको हो ।

ताप्लेजुङस्थित नेपाल वायुसेवा निगमका स्टेसन इन्चार्ज लोकन्द्र लिम्बूका अनुसार निगमले तीन उडान कटौती गरेको छ । अब साताको एकदिन बुधबार मात्र उडान गर्नेगरी निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएको स्टेसन इन्चार्ज लिम्बूले बताए ।

यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो । निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारको उडान नभएपछि टिकट गरेका करिब ७० जना यात्रु अलपत्र परेका छन् ।

यात्रुको चाप भइरहने जिल्लाको उडान कटौती गर्नाले धेरै यात्रु हवाई सुविधाबाट वञ्चित भएका छन् । ताप्लेजुङ पूर्वको पर्यटकीय जिल्ला भएकाले पनि यहाँ अधिक यात्रु हुने गरेका छन् ।

काठमाडौं–ताप्लेजुङ मात्र नभई ताप्लेजुङ–विराटनगरसमेत उडान सञ्चालन गर्नुपर्ने माग भइरहेका बेला उडान कटौती गर्नु यात्रुलाई हवाई सेवाबाट बञ्चित गर्ने कार्य भएको जिल्लावासीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*