वाग्मती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदै

वेलकम खबर
कार्तिक १०, २०७८

काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको लिँदैछिन्। बुधवार दिउँसो १ बजे बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुने तयारी छ। भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन्।

त्यसपछि असोज २४ बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। कात्तिक ४ गते विश्वासको मत विभाजन तय भएपनि दलहरुको विवादका कारण प्रस्तावमाथि छलफलमात्र भएर मतदान आजका लागि सरेहको थियो।

वाग्मतीमा एमालेको ४३ सांसद रहेको छ। सत्ता गठबन्धन दल माओवादीको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाको १ सांसद रहेको छ। यसैगरी विवेकशील साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ जना सांसद वाग्मती प्रदेशमा रहेका छन्। वाग्मतीमा शाक्यले विश्वासको मत गुमाउने निश्चित भइसकेको छ। योसँगै वाग्मतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*