नेपालमा ६४ लाख ६९ हजार बढिले लगाए पूर्ण खोप
काठमाडौं । नेपालमा हालसम्म २९।७ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ६४ लाख ६९ हजार १५१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
गत माघ दोस्रो सातादेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ । त्यस यता खोप उपलब्ध नभएको समय र दशैंको बिदाका कारण केही दिन खोप कार्यक्रम रोकिए पनि अन्य समयमा भने खोप कार्यक्रम निरन्तर चलिरहेको छ । मन्त्रालयले फेरि खोप अभियान चलाउने तयारी गरेको छ ।
नेपालका ३८।६ प्रतिशत ९८३ लाख ८८ हजार ४०२ ०जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् । सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् दुई करोड १५ लाख जनालाई खोप लगाउने लक्ष्य लिएको छ ।
सरकारले दशैंअघिसम्म लक्षित जनसंख्यामध्ये एक तिहाईलाई खोप लगाइसक्ने लक्ष्य राखेको थियो । नेपालमा अक्सफोर्ड एस्ट्राजेनेका, कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइरहेको छ ।
१८ वर्षमुनिका बालबालिकाका लागि नेपालमा फाइजर र मोडर्ना खोप आउने भएको छ । फाइजरको एक लाख डोज खोप भने अबको केही दिनभित्र आउने बताइएको छ ।



















