सरकारी स्वामित्वमा सञ्चालित कम्पनीले बढायो खसीको मूल्य, प्रतिकेजी कति ?

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत वर्षको तुलनामा यस वर्ष खसीबोकाको मूल्य बढेको जानकारी दिएको छ ।
कम्पनीका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकेजीमा ९० रुपैयाँसम्म बढेको छ । कम्पनीको काठमाडौंमा बिक्री वितरण गर्न दाङ र हेटौंडामा खसीबोका खरिद गत वर्षभन्दा महँगो परेको जनाएको छ ।
सोही अनुसार यो वर्ष जिउँदो खसीबोकाको मासुको मूल्य बढेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै गत वर्षको तुलनामा यस वर्ष जिउँदो खसीबोकाको मूल्य ९० रुपैयाँ माथि मूल्य तोकेको हो ।
कम्पनीको अनुसार जिउँदो खसीको मासुको मूल्य प्रतिकेजी ६५० रुपैयाँ तोकिएको छ । कम्पनीले हिजो सार्वजनिक गरेको मूल्य भन्दा १० रुपैयाँ कम अर्थात दश रुपैयाँ सहुलियत दिएर प्रतिकोलो ६४० रुपैयाँमा जिउँदो खसीको मासु बिक्री गर्ने बताइएको छ ।
खाद्यले गत वर्ष जिउँदो खसीबोकाको मासु प्रतितोलो ५६० रुपैयाँ तोकेको थियो । यसअनुसार प्रतिकिलो दश रुपैयाँ सहुलियत दिएर ५५० रुपैयाँमा बिक्री गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष प्रतिकेजी ९० रुपैयाँले खसीको मासु महङ्गो भएको हो ।