कांग्रेस र माओवादीले धोका दिएको भन्दै नेकपा एसको गम्भीर आपत्ति

वेलकम खबर
अशोज २१, २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कांग्रेस र माओवादीले धोका दिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

मन्त्रालयको भागबण्डामा अपमानित गरेको भन्दै माधव नेपाल नेतृत्वको समाजवादीले आपत्ति जनाएको हो । मन्त्रालयको संख्यामा चित्त नबुझेपछि नेकपा एकीकृत समाजवादी मन्त्रालय भागबन्डा नसच्याएसम्म सरकारमा नजाने चेतावनी दिएको छ।

सत्ता गठबन्धनका नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, नेकपा माओवादी केन्द्रले ६ ओटा मन्त्रालय राखेर एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४र४ वटा मन्त्रालय पाउने बताएपछि समाजवादी आक्रोशित बनेको हो ।

सहमति अनुसार कांग्रेस र माओवादीले मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाइसकेका छन् । तर एकीकृत समाजवादीले मन्त्रालय भागबन्डाबारे सत्ता गठबन्धनमा फेरि छलफल हुनुपर्ने माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*