भारतबाट यसै साता १० लाख डोज कोभिसिल्ड खोप नेपाल आउने

वेलकम खबर
अशोज २१, २०७८

काठमाडौं । भारतबाट यसै साता १० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइँदैछ।

आठ महिनाअघि प्राप्त भइसक्नुपर्ने सो खोप यही शनिबार नेपाल ल्याइपुर्‍याइने स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।

भारतबाट ल्याइने सो खोप पहिलो डोजका रूपमा कोभिसिल्ड वा अस्ट्राजेनिका लगाएकाहरूलाई दोस्रो डोज दिने र अन्य समूहलाई पनि क्रमशः दिँदै जाने तयारी भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*