एमसीसीले बाड्यो काठमाडौमा राहत (फोटो फिचर)

वेलकम खबर
अशोज १३, २०७८

काठमाडौ ।  मिक्वाखोला सहयोग समिति काठमार्डौ (एमसीसी)ले काठमाडौले दशै तिहार शुभकामना आदान प्रदान तथा कोभिड १९ राहतवितरण कार्यक्रम गरेको छ ।काठमाडौमा भएको कार्यक्रम मिक्वाखोला गाउपालिका जन्म भई काठमाडौमा विभिन्न ब्यवसाय गरेर गुजारा गर्ने निम्न बर्गका ५ वडाका २७ परिवारलाई राहत कुपन वितरण गरेको हो । कुपन वितरण गदै संविधान सभा सदस्य पासाङ शेर्पा मिक्वाखोला सहयोग समितिले मिक्वाखोला क्षेत्रको पर्यटन,आर्थिक समृद्धिको लागि उल्लेख्य भुमिका खेलेको बताउनुभयो ।

त्यस्तै पूर्व सासद ओम ओझाले कोरोनाको संक्रमण अझै गई नसकेका उल्लेख गदै सजगभ एर चाडवाड मनाउन सवैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य होमकुमारी साँवाले मिक्वाखोला पर्यटन हिसावले अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गदै सवैले सो क्षेत्र विकासका लागि एक जुट भएर लाग्न सवैमा अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो मिक्वाखोला क्षेत्रको विकासमा सवै एकजुट हुन अनुरोध समेत गर्नुभयो ।


ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले ताप्लेजुङेहरुको दुख सुखमा साथ दिनका लागि काठमाडौमा दुई वटा समिति (ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपाल) भएकोले त्यसलाई एउटै बनाउनका लागि सवैसँग आग्रह गर्नुभयो । उहाँले एउटै उद्देश्य भएको संस्था भएकोले आफनो तर्फबाट त्याग गरेर भएपनि केन्द्र र समाज एक बनाउनु पर्ने धारणा राख्नुभयो ।


ताप्लेजुङ समाज नेपालका अध्यक्ष डम्बरबहादुर तुम्वाहाम्फेले आफु स्वास्थ्थ त्यसपछि परिवार मजबुद भएपछि मात्रै समाज सेवामा लाग्न सवैलाई अनुरोध गर्नुभयो । सो कार्यक्रममा बोल्दै नेकपा एकिकृत ताप्लेजुङका अध्यक्ष छिरिङ शेर्पाले मिक्वाखोला पर्यटन भण्डारन भएको भन्दै यसको प्रचार प्रसार तथापूर्वाधार निर्माणमा जोड दिनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।


कार्यक्रममिक्वाखोला समाजकाअध्यक्ष हरि थलङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन संस्थाकामहासचिवनिरोज लिवाङले गर्नुभएको थियो ।

कार्यक्रम अध्यक्ष थलङले वितरित कुपनअनुसारको सामाग्रीआउदो २३ गते शनिवार सवैको घरघरमा पुरयाउने बताउनुभयो । राहत सामाग्रीमा चामल २०केजी, दाल,नुन तेल,माक्स सेनिटाईजर लगायतका सामाग्री समितिले उपलब्ध गराउने महासचिव लिवाङले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*