विराेध खतिवडाकाे नेतृत्वमा एकीकृत समाजवादी सरकारमा जाने
काठमाडाैं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएकाे छ।
एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेको एक नेताले जानकारी दिए । मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ सम्भावित मन्त्रीकाे सूचीमा रहेका छन् ।
यस्तै, भवानी खपुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने ती नेताले बताए। कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राखेको छ भने एकीकृत समाजवादीलाई ६ मन्त्रालय दिएकाे छ। तर, कुन मन्त्रालयमा कसकाे भागमा पर्ने भन्नेमा टुंगाे लागिसकेकाे छैन ।



















