योगेश भट्टराई भन्छन् : १० बुँदे सहमतिलाई अब हाउगुजी नबनाऊँ

वेलकम खबर
अशोज ११, २०७८

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले असार २७ मा भएको १० बुँदे सहमतिलाई अब हाउगुजीको विषय बनाइराख्नु जरूरी नरहेको बताएका छन्।

सोमबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले अध्यक्ष केपी शर्मा ओली १० बुँदे कार्यान्वयनमा पूर्ण प्रतिवद्ध रहेको पनि उल्लेख गरे।

आज पनि १० बुँदे कार्यान्वयनमा छलफल भएको छ। पार्टी अध्यक्षले सकारात्मक रुपमै कार्यान्वयन हुन्छ भन्नु भएको छ। उहाँले त्यसमा प्रतिवद्धता दिनु भएको छु, उनले भने, पूर्व एमालेभित्र देखिएको समूहबन्दीको अवस्थालाई अन्त्य गर्दै जाने कुरा भएको छ। एकताको प्रक्रियामा पूर्व माओवादीतर्फ रहेका साथीहरु एमालेमा समाहित भएकाहरुलाई मान(सम्मान र प्रतिष्ठा दिएर उचित ढंगले प्रतिष्थापन गर्ने निर्णय भएको छ। यसको अर्थ १० बुँदेलाई रचनात्मक रुपमा कार्यान्वयन गर्ने भन्ने हो।

भट्टराईले १० बुँदे सहमति कार्यान्वयन नभएका ठाउँमा समाधान गरिने पनि बताए। जहाँ जहाँ समस्या छन् १० बुँदेमा, त्यहाँ हामी समाधान गर्छौँ। १० बुँदेलाई हाउगुजी बनाउनु जरूरी छैन। केही ठाउँमा देखिएका समस्या समाधान हुन्छन, उनले भने,विगतमा बनेको ६ सदस्यीय कार्यदल पनि छ। त्यो कार्यदललाई नै अध्यक्ष ओलीले थप जिम्मेवारी दिनु भएको छ।उनले १० बुँदे कार्यान्वयनको जिम्मा उपाध्यक्ष भीम रावल नेतृत्वको कार्यदललाई दिइएको बताउँदै समस्या देखिएका ठाउँमा अब समाधान हुने पनि तर्क गरेका छन्।

जबज चाहिन्छ

भट्टराईले अझै पनि मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको औचित्य नसकिएको निष्कर्ष बैठकले निकाले पनि जानकारी दिएका छन्। जबजको मार्गनिर्देशनमा आजसम्मका क्रान्ति सकिएका छन्। जबजको सान्दर्भिकता अझै कायम छ सिद्धिएको छैनु, उनले भने, समाजवादमा जाने तीन चरण रहेका छन्। ती चरणहरूमा अहिले हामी पुराना अवशेष सक्ने दिशामा छौँ। त्यसैले अहिले नै जबजको औचित्य सकियो भन्न मिल्दैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*