दीर्घरोगीलाई दशैं अगावै फाइजरको खोप

वेलकम खबर
अशोज ९, २०७८

काठमाडौं । एक लाख मात्रा फाइजर खोप दशैं अगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दशैं अगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् ।

अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेक कुमार लाल कर्णले खोप छिट्टै आउने जानकारी दिए ।

उनका अनुसार खोप अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका व्यक्तिलाई मात्र दिइनेछ । नेपालले यसअघि नै योजना पठाउँदा कोभ्याक्समार्फत आउने फाइजर खोप दीर्घरोगीलाई लगाउने भनिएकाले तत्काल बालबालिकालाई नदिने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु