ताप्लेजुङमा जडान भयो अक्सिजन प्लान्ट

वेलकम खबर
अशोज ८, २०७८

ताप्लेजुङमा । ताप्लेजुङमा अक्सिजन प्लान्ट जडान भएको छ । यो सँगै अब अक्सिजन उत्पादन हुन सुरु हुने ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुुपरिटेन्डेन्ट डा। सोनिङ लामाले जानकारी दिए ।

प्रविधि इन्टरनेस्नल सप्लार्यसमार्फत ७१ लाख ५० हजार रुपैयाँ लागतमा अक्सिजन प्लान्ट जडान पूरा भएको लामाले बताए । अक्सिजन प्लान्ट राख्ने स्थानमा ट्रस राख्नेलगायत काम भने बाँकी छ । त्यो पनि करिब २ साताभित्र पूरा हुने ताप्लेजुङ जिल्ला अस्पतालले जनाएको छ ।

अहिलेसम्म ताप्लेजुङमा अक्सिजन उत्पादन हुने गरेको थिएन । कोरोनाका बिरामी अत्यधिक भएको समय समेत पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नभएपछि ताप्लेजुङ उद्योग वाणिज्य संघको अगुवाइमा यहाँका जनप्रतिनिधि र दातामार्फत भरिएको आपूर्तिको पहल भएको थियो ।

विभिन्न दाताले अक्सिजन कन्सन्ट्रेटरसमेत दिएका छन् । प्लान्ट जडानसँगै अब बिरामीका लागि चाहिने अक्सिजन अभाव नखड्किने ताप्लेजुङ अस्पतालका निमित्त मेसु लामाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु