भरतमणि पौडेललाई ताप्लेजुङ समाजले दियो बधाई

वेलकम खबर
अशोज ४, २०७८

काठमाडौं । ताप्लेजुङ समाज नेपालले कमेडि च्याम्पियन सिजन २ का विजेता बनेका भरतमणि पौडेललाई बधाई दिएको छ ।
समाजले आज एक विज्ञप्ती प्रकाशित गरी ताप्लेजुङ फुङलिङ नगरपालिका वडा ७ दोखुमा जन्मेका भरतमणि पौडेल कमेडि च्याम्पियन सिजन २ को विजेता बनेर ताप्लेजुङको शिर उच्च बनाएको भन्दै खुशी ब्यक्त गदै बधाई तथा शुभकामना ब्यक्त गरेको हो ।
विज्ञप्तीमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको पहलमा पत्रकार पिताम्वर सिग्देलको संयोजकत्वमा बनेको भरतमणि पौडेल जिताऔ अभियानमा २ लाख नगद सहयोग गरेको उल्लेख गरेको छ ।

संस्थाका अध्यक्ष डम्बरबहादुर तुम्वाहाम्फे र महासचिव अग्नी पौडलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भरतमणिलाई नगद सहित भोटिङ गर्ने सवैलाई धन्यवाद दिदै कमेडियन पौैडेलका थप प्रगतिको कामना गदै फाईनल पुग्ने विक्की अग्रवाल र सन्तोष थापालाई समेत बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*