एमाले स्थायी कमिटी: तीन प्रतिवेदनमाथि छलफल सुरु

वेलकम खबर
अशोज ३, २०७८

काठमाडौँ।  नेकपा एमालेको विधान सम्मेलनमा पेश हुने तीनवटा प्रतिवेदनमाथि छलफल सुरु भएको छ।

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको स्थायी कमिटि बैठकमा सम्मेलनमा पेश हुने विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र संगठनात्मक संरचनासम्बन्धी प्रतिवेदनमाथि छलफल भएको हो।

आइतबार स्थायी कमिटी सदस्यहरु अमृत बोहोरा, केशव बडाल, घनश्याम भुसाल र पुष्प कँडेलले सुझाव राखेको सचिव योगेश भट्टराईले जानकारी दिए। बैठक सोमबार दिउँसो १ बजेदेखि फेरि बस्नेछ।

यही असोज १५ देखि १७ सम्म हुने विधान सम्मेलनमा ती प्रतिवेदन पेश गर्न स्थायी कमिटिले पारित गरेर ८ र ९ गते बस्ने केन्द्रीय कमिटि बैठकले अनुमोदन गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*