विभूषणप्रति ओलीको व्यंग्य- आज बा, श्रीमती, छोराछोरीको मुख हेर्ने दिन हो ?

वेलकम खबर
अशोज ३, २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक आस्था र परिवारका व्यक्तिलाई मानपदवी (विभूषण) प्रदान गरेकोप्रति व्यंग्य गरेका छन् ।
संविधान दिवसको अवसरमार सरकारले ९ सय ३ जनालाई विभिन्न विभूषण घोषणा गरेको छ । यसप्रति एमाले अध्यक्ष ओलीले व्यंग्य गरेका हुन् । उनले संविधान घोषणा भएको दिन शहिदका परिवारले गर्व गर्ने र घाइते तथा लोकतन्त्र ल्याउन भूमिका खेल्ने व्यक्तित्व सम्मानित हुनुपर्नेमा नेताका आफन्त सम्मानित भएको भन्दै सरकारको आलोचना गरेका छन् ।ललितपुरको च्यासलमा पार्टीले आयोजना गरेको संविधान दिवस कार्यक्रममा ओलीले भने, यो संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने । यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित हुन पाउनुपर्ने । सम्मानित भएको अनुभूति गर्न पाउनुपर्ने । तर, बालाई सम्मान, श्रीमतीलाई सम्मान आफू प्रधानमन्त्री हुँदा पनि नेताहरूका छोरा र छोरीलाई सम्मानित गर्नुपरेको स्मरण गरेका थिए । संविधान दिवसका दिन त शहिदका सन्तान, आमाबाबुले गर्व गर्नुपर्ने । घाइतेले सम्मानित हुन पाउनुपर्ने, ओलीले थपे, बाको मुख हेर्ने दिन हो ? श्रीमती, छोराछोरीको मुख हेर्ने दिन हो ?

सरकारले अलंकार, पदक र विभूषणको नाकमा कालो पोतेको ओलीको आरोप थियो । ुती विभूषणहरू लाज मानिरहेका छन् । कस्तो,कस्तोको घाँटीमा पुग्ने भए  बोल्न सक्ने भए उफ्रिन्थे ती ?

दाहालपत्‍नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक

ओलीले ती पदक राष्ट्रपतिबाट नबाँडेर आफैं घर लैजान पनि सुझाए । उनले भने, किन राष्ट्रपतिबाट बाँड्नुपर्‍यो ? आफैं,आफैं लगेर घर जाऊ न ?

प्रतिनिधिसभा विघटन गर्ने आफू प्रधानमन्त्री भएका बेलाको दुई पटकको निर्णय उल्ट्याउने प्रधानन्यायाधीश र न्यायाधीशहरूले सम्मान पाएकोप्रति पनि ओलीले आक्रोश पोखे । प्रतिनिधिसभा विघटनमा आफ्नो निर्णयको विरुद्धमा बहददेखि फैसला गर्नेले विभूषण पाएको भन्दै ओलीले आक्रोश पोखेका हुन् । झगडिया सम्मानित, मुद्दा हाल्ने सम्मानित, तथानाम बोल्ने सम्मानित, मुद्दा जिताइदिने र हराइदिने श्रीमान सबैलाई सम्मान, ओलीले भने, २, ४ जना छुटेको झै लाग्यो नाम नभनौं । तिनलाई किन छुटाएको होला ?

आफू प्रधानमन्त्री रहेको बेला सरकारका पक्षमा नलेख्ने सञ्चार संस्थाका प्रमुखलाई विभूषण दिएकोमा पनि ओलीले आक्रोश पोखेका छन् ।

ओलीले संविधानको अपव्याख्या र संशोधन भइरहेको भन्दै सर्वोच्च अदालतप्रति पनि आक्रोश पोखेका छन् । उनले संविधानको व्याख्या गर्ने कर्तव्य भएको निकायले संशोधन गरिरहेको र त्यो अधिकार संसद्को रहेको पनि बताए । सभामुख अग्नीप्रसाद सापकोटाले पदको गरिमा नरखेको र एमाले विभाजन गर्न विभेदकारी भूमिका खेलेको ओलीको आरोप थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*