ताप्लेजुङका पत्रकार अधिकारीले जनसेवाश्री पदक पाउने

वेलकम खबर
अशोज ३, २०७८

काठमाडौं । नेपाल पत्रकार महासंघ ताप्ललेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीलाई सरकारले जनसेवाश्री पदक प्रदान गर्ने भएको छ ।

संबिधान दिवसको अवसरमा बिभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई प्रदान गरिने यो पदकबाट अधिकारी सम्मानित हुने भएका हुन् ।सरकारले आइतबार घोषणा गरे अनुसार पदक पाउने अधिकारीसहित देशभरका ९०३ जनालाई आगामी बैशाख १ गते राष्ट्रपति बिद्यादेवी भण्डारीले बिभूषित गर्ने छन् ।
बिगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अधिकारी ताप्लेजुङबाट प्रकाशित उज्यालो पोष्ट दैनिकका सम्पादक र नागरिक दैनिकाका सम्वाददाता समेत हुन् । उनी अन्य सञ्चारमाध्यममा पनि संलग्न छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*