ताप्लेजुङमा सञ्चार पूर्वाधार ब्यवस्था गर्न योगेश भट्टराईको माग

वेलकम खबर
अशोज १, २०७८

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले ताप्लेजुङको विभिन्न १० स्थानमा सञ्चार पूर्वाधार तथा उपकरण ब्यवस्था गर्न नेपाल टेलिकमको ध्यानाकर्षण गराउनु भएको छ ।
भट्टराईले नेपाल टेलिकमका महाप्रबन्धक डिल्ली अधिकारीलाई आज (शुक्रवार) भेट गरी ताप्लेज्ुङको विभिन्न १० ठाँउमा सञ्चार पूर्वाधार तथा उपकरण ब्यवस्था गर्न माग सहित पत्र बुझाउदै टेलिफोनको गुणस्तर सुृधार तत्काल गर्न ध्यानाकर्षण गराउनु भएको हो ।


महाप्रबन्धक अधिकारीलाई ताप्लेजुङ जिल्ला पर्यटन, कृषि, उर्जा व्यापार लगायतका क्षेत्रमा अत्यन्तै राम्रो सम्भावना युक्त जिल्ला भएको बताउदै आधुनिक सुचना र संचारको सहज पहुँच नहुदाँ जिल्लामा संचालित व्यापार व्यवसाय र पर्यटनको क्षेत्र मात्र नभएर आम नागरिकको दैनिक जीवन पर्ने समस्यामा परेको जनाउदै तत्काल टेलिकमको क्षमता विस्तार गर्न आग्रह गर्नु भएको हो ।


भट्टराईले अप्टीकल फाईवर तत्काल ताप्लेजुङ पुरयाउन साथै टेलिफोन सम्पर्क नहुने स्थानमा तत्काल सुधार गर्न आग्रह गदै ताप्लेजुङको मैवाखोला गाउपालिका वडा नं. २ ढुङ्गेसाँघु, मेरिङदेन गाउपालिका वडा नं. ६ नाल्बु, फक्तालुङ गाँउपालिका वडा नं. ६ लुवाडाँडा, आठराई गाँउपालिका फुलवारी ,फुङलिङ नगरपालिका दोखु,देउलिङ्गे मिक्वाखोला गाउपालिका वडा नं. ५ किलिङ, सिरिजंघा गाउपालिका वडा नं. ५ खेवाड,सिदिङवा गाउपालिका वडा नं. १ कालिखोला,,फक्ताङलुङ वडा ७ याङमा लगायतका क्षेत्रमा टेलिफोन टावर राख्न आग्रह गर्नु भएको हो ।

प्रबन्धक अधिकारीले अप्टीकल फाईवर ताप्लेजुङ पुरयाउने कार्य तिब्र गतिमा अघि बढेको बताउदै टेलिफोन तथा ईन्टनेट क्षमता बढाउनका लागि उच्च क्षमताको प्रविधि पाँचथरको सिलौटेमा जडान गर्ने बताउनुभयो । ताप्लेजुङमा हाल तीन स्थानको १० ठाँउमा फोरजी सेवा विस्तार भएको जानकारी गराउदै अन्य २३ ठाँउमा सञ्चालनमा आएको २ जीसेवालाई चाँडौ क्षमता विस्तार गरी ४ जी सेवामा परिण गर्ने समेत बताउनुभयो ।
प्रबन्धक अधिकारीले ताप्लेजुङ २२ ठाँउमा टेलिफोन टावर सञ्चालनमा आएको बताउदै पाथीभरा मन्दिर,हाङपाङ लगायतको समेत तिब्र गतिमा काम भईरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*