एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ – माधव नेपाल

वेलकम खबर
अशोज १, २०७८

काठमाण्डाै । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भएको छ ।

काठमाण्डौको मिनभवनमा रहेको केन्द्रीय कार्यालयकाे उद्‍घाटन गर्दै उहाँले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गर्नु भएको हो ।

नेता नेपालले कुनै पद पाउनका लागि आफूले छुट्टै पार्टी गठन गरेको नभइ देश र नागरिकको हितका लागि गठन गरेको पनि  दाबी गर्नुभयो।

यस्तै, उहाँले आफ्नो पार्टीले गफ गरेर नभइ काम गरेर देखाउने पनि दाबी गर्नुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*