प्रत्येक शुक्रवार बन्द हुने ताप्लेजुङ बजार कात्तिक १९ गतेसम्म खुल्ने
ताप्लेजुङ । प्रत्येक शुक्रवार बन्द हुने ताप्लेजुङको फुृङलिङ बजार कात्तिक तेस्रो साता सम्मका लागि खुल्ला हुने भएको छ । नेपालीहरूको महान चाड दशैँ तिहार नजिकिन थालेपछि शुक्रवार पनि बजार खुल्ला हुने भएको हो ।
बजार असोज १ गते शुक्रबारदेखि कात्तिक १९ गते सम्म खुल्ला हुने ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ । साथै कात्तिक २६ गते शुक्रबारबाट फेरी साप्ताहिक रुपमा बन्द हुने संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिएका छन् ।
यस अघि पनि चाडवाडका बेला उपभोक्तालाई किनबेचमा सहज होस् भनेर ताप्लेजुङ उद्योग वाणिज्य संघले दशैँ तिहार छठ पर्व सम्मका लागि साप्ताहिक रुपमा बन्द हुने फुृङलिङ बजार खुल्ला गर्दै आएको थियो ।
यस वर्ष पनि कात्तिक तेस्रो साता सम्मका लागि बजार खुल्ला गर्ने गरी निर्णय गरिएको अधिकारीले बताए ।



















