माधव नेपालको बाटो गलत छ, ओलीले आफ्ना कमजोरीको निर्मम समीक्षा गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

वेलकम खबर
भदौ ३१, २०७८

काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले १० बुँदे सहमतिलाई पालना गर्नुपर्ने बताएकी छन्। काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा शाक्यले सबै पार्टीका कमिटीहरु २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने बताएकी हुन्। १० बुँदे सहमति कार्यान्वन नभए फेरी पनि एमालेमा अप्ठेरो स्थिति उत्पन्न हुने भन्दै उनले कार्यान्वयनको विकल्प नभएको बताइन।

‘२०७५ जेठ २ गतेको कमिटीमान्ने भनेर अन्तरपार्टी निर्देशिका जारी भएको छ। यसको अक्षरस पालना हुनुपर्छ। नभए फेरी पनि हामी अप्ठेरोमा पर्छौ,’ उनले भनिन्।

शाक्यले पार्टी नेतृत्वले विगतमा भएका गल्तीहरुको निर्मम समीक्षा गर्नुपर्ने बताएकी छन्। अध्यक्ष केपी शर्मा ओली र अरु नेताहरुले गल्तीको ढाकछोप गरेर हिँड्न नहुने उनको भनाई थियो।

‘मुख्यगरी नेतृत्वमा रहनुभएका कमरेडहरु हिजोका कमिकमजोरीहरुको निर्मम समीक्षा गरौँ। हिजो जे भयो-भयो भनेर नबसौँ। यसले कम्युनिस्ट आन्दोलनलाई राम्रो गर्दैन,’ शाक्यले भनिनन्।

९ औं महाधिवेशनबाट एमालेमा विकृति भित्रिएको भन्दै ओलीको आलोचना गरेकी शाक्यले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको पनि आलोचना गरेकी छन्।

नेपालले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)बनाएको भन्दै उनले नेपालको उक्त निर्णय गलत भएको बताइन

‘मेरो प्रष्ट धारणा छ। माधव नेपालले लिनुभएको बाटो ठिक छैन्। फुटेर होइन जुटेर अगाडी बढन सकिन्छ। उहाँ हाम्रो नेता हो। आदरणिय कमरेड हो। पार्टीको एउटा पंक्तिलाई भुलाएर राख्नेकुरा हुँदैन,’ शाक्यले भनिन्। शाक्यले नेपाललाई एमालेमै फर्किन आग्रह समेत गरेकी छिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*