एमालेको वर्चस्व फर्काउँछौं : भुसाल
काठमाडौँ । एमालेका उपमहासचिव घनश्याम भूसालले आगामी चुनावपछि पार्टीले आफ्नो वर्चस्व फर्काउने बताएका छन् । बुटवलमा बुधबार आयोजित रुपन्देही जिल्लास्तरीय एमालेको कार्यकर्ता भेलामा नेता भुसालले आफैभित्रको समस्याले एमाले पछारिएको र घाइते भएको बताउँदै अब त्यसको पाठ सिकेर पाटीलाई एकताबद्ध रुपले अघि बढाउने बताए । ‘हामी पछारिएका छौं, घाइते भएका छौं । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं । तल खसेका छौं । तर अहिले पनि ठूलो शक्ति छौं,’ उनले भने, ‘लाखौं नेता कार्यकर्ताको साथ छ । हामीमा हिम्मत छ । आउँदो चुनावमा जितेर देखाउँछौं ।’
एमाले ठूलो चोटबाट पछारिएको भए पनि त्यसबाट आत्तिन र मात्तिन नहुने भुसालले बताए । ‘हामी बीचमा भाँडिएका थियौं । अब कसैलाई दोष होइन । म बाट के गल्ती भएको थियो भनेर सुधार्दै अघि बढ्नुपर्छ।’
नेता भुसालले पार्टी विभाजन जनविरोधी काम भएको बताउँदै माधवकुमार नेपालले पनि पार्टी छोड्नु सही हो या होइन आत्मसमीक्षा गर्नु पर्ने बताए । ‘उहाँले नबुझेको होइन जस्तो लाग्छ तर किन बुझ्नु भएन रु’ उनले भने, ‘विधान महाधिवेशनपछि एमाले सांगठनिक रुपमा व्यवस्थित हुने अवसर छ ।’



















