खुल्यो ताप्लेजुङको पाथीभरा मन्दिर

वेलकम खबर
भदौ ३०, २०७८

ताप्लेजुङ । कोरोना महामारीको कारण विगत ५ महिना देखि बन्द भएको पाथीभरा दर्शन असोज १ गते देखि खुल्ने भएको छ ।
पाथीभरा दर्शनको सिजन शुरु भएको भन्दै पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बुधवार प्रेस बिज्ञप्ती प्रकाशित गरी पाथीभरा मन्दिर असोज १ गते देखि खुल्ला हुने जनाएको हो ।  विज्ञप्तीमा नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड पालना गदै पाथीभरा दर्शन,पुजा,ध्यान तथा प्रार्थना गर्न खुल्ला गरिएको जनाएको हो ।

ताप्लेजुङमा पछिल्लो समय सङ्क्रमणको दर न्यून हुँदै गएको छ। सङ्क्रमणको अवस्था सामान्य हुँदै गएपछि चार महिनादेखिको निषेधाज्ञासमेत हटाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*