युवा संगठन नेपालले तीनबुदे माग राख्दै प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र
वेलकम खबर
भदौ ३०, २०७८
काठमाडौं । यु्वासंगठन नेपाल ताप्लेजुङले तीन बुदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
युवा संगठन नेपालले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा राजनीतिक आस्थाको आधारमा लगाईएको झुट्टा मुद्धा तुरुन्त खारेज गर्नुपर्ने, राजनीतिक आधारमा बन्दी बनाइएको बन्दीलाई रिहाई गर्नुपर्ने जनमत संग्रहका लागि उचित बातावरण तयार गर्न माग गदै ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्रमा युवा संगठन नेपाल ताप्लेजुङका अध्यक्ष विदुर शेर्पाले हस्ताक्षर गरेका छन ।



















