संसद भवनमा शुरू भयो सर्वदलीय बैठक, एमाले सहभागी भएन

वेलकम खबर
भदौ २८, २०७८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक संसद भवनस्थित ल्होत्से हलमा शुरू भएको छ ।

संसदको नवौँ अधिवेशन शुरू भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरेपछि त्यसको निकासको लागि छलफल गर्ने भन्दै प्रतिनिधि सभामा सभामुख सोपकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको भए पनि प्रमुख प्रतिपक्ष दल एमालेका नेता बैठकमा सहभागी भएका छैनन् । एमालेको सभामुख सापकोटाले एमाले कारवाही गरेका १४ जनाको नाम सार्वजनिक गर्नुपर्ने नभए राजीनामा दिनुपर्ने बताएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङ्देनलगायत सहभागी भएका छन् ।
सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा केन्द्रित रहने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*