संसद अवरोध जारी राख्न एमाले सांसदलाई ओलीको निर्देशन

वेलकम खबर
भदौ २७, २०७८

काठमार्डाै । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेकाले संसद अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।
आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिएका हुन् ।
‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुुस् ।’ उनले शुक्रबार केही सांसदले सभामुखलाई माइकले हान्ने योजना रहेको भनेर बोलेको सुनेको भन्दै त्यस्तो योजना नभएको दावी गरे । उनले वर्तमान गठबन्धन सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै घण्टाघर नबनाउने बरु भत्काउन सक्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*