ताप्लेजुङमा छिरिङ लामा अध्यक्षमा एकिकृत समाजवादीको जिल्ला कमिटी गठन
वेलकम खबर
भदौ २६, २०७८
ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) जिल्ला कमिटी ताप्लेजुङको अध्यक्षमा छिरिङ लामा चयन हुनु भएको छ । शनिवार सदरमुकाम फुङलिङमा भएको कार्यकर्ता भेलाले लामा अध्यक्ष रहेको ७२ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको हो ।
भेलाले उपाध्यक्षद्धयमा दुर्गा चोङ्वाङ र मञ्जु पौडेल भट्टराईलाइ चयन गरेको छ । सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे चयन हुनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी)केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।



















