एमाले स्थायी कमिटीको बैठक आज बस्दै

वेलकम खबर
भदौ २६, २०७८

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज (शनिबार) बिहान बस्ने भएको छ।
बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा अहिले बिहान ९ जब बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङले जानकारी दिए।
बैठकमा विधान महाधिवेशन ९प्रतिनिधि, दस्तावेज र व्यवस्थापन र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने उनले जानकारी दिए।
यसअघि एमाले स्थायी कमिटी बैठक हिजै (शुक्रबार) अपराह्न ४ बजे बस्ने भनिए पनि संसद बैठक लम्बिएपछि स्थगित भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*