योगेश भट्टराईद्धारा अप्टीकल फाईवर बिस्तार गर्न नेपाल टेलिकमको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले अमरपुर ताप्लेजुङ खण्ड अप्टीकल फाईवर विस्तार गर्न नेपाल टेलिकमको ध्यानाकर्षण गराएका छन ।
भट्टराईले ताप्लेजुङ जिल्ला पर्यटन, कृषि, उर्जा व्यापार लगायतका क्षेत्रमा अत्यन्तै राम्रो सम्भावना युक्त जिल्ला भएको भन्दै आधुनिक सुचना र संचारको सहज पहुँच नहुँदा जिल्लामा संचालित व्यापार व्यावसाय र पर्यटनको क्षेत्र मात्र नभएर आम नागरिकको दैनिक जीवन पर्ने समस्यामा परेको भन्दै नेपाल टेलिकमका महाप्रबन्ध डिल्ली अधिकारीको ध्यानाकर्षण गराएका हुन ।
पाँचथर जिल्लाको अमरपुर देखि ताप्लेजुङ सम्मको अप्टिकल फाईवर तुरुन्त संचार उपकरण सेवा जडान गरि संचार सेवाको काम तत्काल अघि बढाई त्यस क्षेत्रमा तत्काल सेवा सुचारु गर्न अनुरोध सहित गम्भीर ध्यानाकर्षण गर्दछु ।



















