संसदमा एमाले सांसदहरुको नाराबाजी

वेलकम खबर
भदौ २३, २०७८

काठमाडौं । संसदको नवौँ अधिवेशन सुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आजका लागि आह्वान गरेको संसदको अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको पत्र पढेर सुनाएका छन् । त्यसपपिछ बैठकको सुरुवात गरेरसँगै एमालेले संसद्को बैठक अबरुद्ध पारेको हो ।
उनीहरूले सभामुखविरुद्ध नाराबाजी गरेका छन् ।
एमाले सांसदहरू उठेर अवरोध गरेपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिएका थिए । उनले सरकारले दल फुटाउ अध्यादेश ल्याउनका लागि संसदको जारी अधिवेशन अन्त्य गरेको, एमाले फुटाउनका लागि दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको र सभामुखले एमाले फुटाउनका लागि सारथीको भूमिका निर्वाह गरेको आरोप लगाउँदै त्यसको जवाफ नआउादासम्म संसदको बैठक चल्न नसक्ने बताएका थिए । त्यसपछि सभामुख बैठक १५ मिनेटका लागि स्थगित गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*